११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

कपिलवस्तुः दशैंको मुखैमा पोखरीमा डुबेर दुई जनाको ज्यान गयो



मायादेवी अनलाइन, चन्द्रौटा ।
दशैंको मुखैमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । जिल्लाको महाराजगञ्ज नगरपालिका वडा ५ मा रहेको मतखनवा पोखरीमा डुबेर मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका वडा ५ निवासी ३२ वर्षीय अशोक कुमार पाठक र सोही वडा निवासी २६ बर्षीय करम हन्स पाठक रहेको कपिलवस्तुका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

शनिबार बिहानै पुजाको लागि फुल टिप्न गएका उनीहरु पोखरी डुबेको थाहा पाएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा एक जनाको शव स्थानियले पोखरीबाट बाहिर निकालिसकेको र एक जनाको प्रहरीले निकालेको भण्डारीले बताउनुभयो ।

दुई जनाको शवलाई पोष्टमार्टका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको उहाँले जनाउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  १ : १२ बजे