५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

राजेश कहाँरको गजलः ‘यस पालिको दशैं’



राजेश कहाँर ।
असत्य माथि जितहोस पापहरुको नास होस्
यसपाली दसैंको टिका पनि केही खाँस होस्
सबैको घर घरमा खुशिहाली समृद्धि आवोस
देवी दुर्गा, माता लक्ष्मीको पनि बाँस होस्

कोरोना भागोस सबैमा नयाँ जोस जागोस
नयाँ उमंग थपियोस गाँसबाँस र कपाँस होस
धानको बाला लटरम्म फुलोस अनि फलोस
धर्तीबाट रोग ब्याधाहरुको बिल्कुलै नाँस होस

आँखामा अब कसैको आसुको नदि नबगोस
कसैको मनभित्र पीडा अनि केही त्राँस नहोस्
चोटिल नहोस हृदय अनि नयन हामी सबैको
यसपाली चाहिँ कोरोना रोगको बिनास होस

(राजेश कोहार लुम्बिनी संस्कृतिक नगरपालिका, वडा- ११ धुपही रुपन्देही नेपाल)
हाल दोहा र कतार

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ७ : ०३ बजे