१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गजलः दशैं लाग्दा परदेशीको पीडा



अविशेक सुनार
छुट्टी पाएत परदेशी घर फर्किन्थे होला
दशैको टिको लगाउन आफ्नो पालो पर्खिन्थे होला

महामारी फैलिएर के भयो त ?
सुरक्षाका लागि म आफै तर्किन्थे होला

जन्मभूमि टेक्न पाए कति खुसी लाग्थ्यो
दशैमा म पनि अरुझै लरक्क लर्किन्थे होला

गरीबीले टाढा बनायो माया अझै गाढा
नजिक भएत म पनि घर फर्किन्थे होला

माया नमारे पियारी यसपाली यस्तै भयो
आउन पाएत फुलबुट्टे चोलि लिएर फर्किन्थे होला ।।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ७ : ३७ बजे