२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

‘प्रधानमन्त्रीको रअ प्रमुखसँगको भेटले नेपालको साख गिर्‍यो’



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटले नेपालको साख गिरेको बताएका छन् ।

नेता श्रेष्ठले परराष्ट्र मन्त्रालयको सँस्थागत जानकारी र उपस्थिति बिना ओलीले गोयललाई भेटेको र पार्टीमा अहिलेसम्म कुनै सँस्थागत एवं औपचारिक छलफल नभएको बताए ।

आइतबार सामाजिक सञ्जालमा लेखेका छन्,‛नेता श्रेष्ठले बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन । त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’

उनले सामाजिक सञ्जालमा आफनो निजी बिचार भन्दै देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो नै पहिलो घटना भएको बताएका छन् ।

नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो भन्दै उनले होइन भन्ने स्पष्ट भइसकेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७ आइतबार ००:००  ९ : ३३ बजे