५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

बाल बिवाह विरुद्धको अभियानमा लुम्बिनी प्रदेश प्रहरी



तुलसीपुर ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले बाल बिवाह विरुद्धको १५ दिने अभियान सुरु गरेको छ । बाल विवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न अभियान संचालन गरेको प्रदेश प्रहरीले जानकारी दिएको हो ।

१५ दिनको अवधिमा नगरपालिका, गाउँपालिका, वडा, र विभिन्न संघसंस्थासंग समन्वय गरेर एक हजार २ सय ३१ वटा जनचेतनामुलुक कार्यक्रम गर्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

बाल विवाहकै कारण शारीरिक तथा मानसिक समस्या, घरेलु हिंसामा वृद्धि लगायतका विकृति सिर्जना हुने भएको हुँदा न्युनिकरणका लागि प्रहरीले अभियान सुरु गरेको वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताए ।

प्रहरीले अभियानका क्रममा बजार र राजमार्गमा व्यानर तथा प्लेकार्ड राख्ने, नागरिकहरुको बढी भिडभाड र हिडडुल गर्ने स्थानमा पोष्टर टाँस्ने, गाउँघरमा माईकिङ गर्ने जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ६ : १० बजे