५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

बेनीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु



म्याग्दी ।

म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।

बेनी–गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका–८ जलेश्वरमा रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले दिएको विवरणअनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा रघुगंगा गाउँपालिका–६ ठाडाखानीका वसन्त छन्त्याल, सोही ठाउँका जिप चालक नन्द छन्त्याल, कौसभा पाइजा, ठगकुमारी शेर्रपुजा , सिर्जना शेर्रपुजा , दीवा शेर्रपुजा , इच्छा शेर्रपुजा , दिक्षा शेर्रपुजा र बेनी नगरपालिका, ८ बस्ने दलप्रसाद गौचन रहेका छन् ।

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम बेनीदेखि करिब १ किलोमिटर उत्तर बेनी–बेनी जोमसोम सडकखण्डमा पर्छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  २ : ३३ बजे