६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सेनेगलमा डुंगा डुब्दा १ सय ४० जनाको मृत्यु



एजेन्सी ।

अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत साताको अन्त्यमा एउटा डुंगा दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा १ सय ४० जना आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) का अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो ।

सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २ सय व्यक्ति डुङ्गामा चढेका थिए । यी व्यक्ति स्पेनको केनेरी द्वीपका लागि प्रस्थान गरेको विश्वास गरिएको छ । तर, सेनेगलको उत्तरपश्चिम तटीय इलाका नजिक आइपुगेलगत्तै उक्त डुंगामा आगो लागेको र डुङ्गा डुबेको थियो । आइओएमका अनुसार डुंगामा सबार ५९ यात्रुलाई जीवितै उद्धार गरिएको छ ।

राष्ट्रसंघीय आप्रवास संगठन आइओएमले पछिल्ला केही सातादेखि फ्रान्सको केनरी द्वीप पुग्ने लालशामा धेरै डुंगा सेनेगलबाट प्रस्थान गरेको जनाएको छ । गत महिना १४ वटा डुंगा त्यसतर्फ प्रस्थान गरेका थिए । युरोप प्रवेश गर्न चाहने व्यक्तिका लागि सेनेगलका तटीय इलाकाहरू निकै सक्रिय हुने गरेका छन् । तर, पछिल्ला समयमा सेनेगलवासी ट्युनिसिया वा लिबियाको स्थलमार्ग हुँदै युरोप प्रवेश गर्न थालेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ३ : ०१ बजे