२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बुटवलबाट काठमाण्डौ जाँदै गरेको जीप दुर्घटनाः ५ जना घाइते



धादिङ ।
बुटवलबाट काठमाण्डौ जादै गरेको जीप धादिङको पृथ्वी राजमार्गको सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बा १२ च ४४१० नम्बरको जीप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख, प्रहरी नायब उपरीक्षक डीएसपी युवराज खड्काले जानकारी दिनुभयो ।
घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ६ : २९ बजे