२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

तिन दिसम्मको मौसम यस्तो रहने छ



काठमाण्डौँ ।
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राति प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आइतबार प्रदेश २, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

सोमबार देशका पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  ८ : १५ बजे