२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

आज विश्व सहर दिवस मनाइदै, यस्तो छ नारा



काठमाण्डौँ ।
आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।यस वर्षको नारा ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ रहेको छ ।

यो वर्ष कोभिड(१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।

यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकामा जोड दिएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  ८ : १८ बजे