२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

गेलको यस्तो अनौठो किर्तिमानी, टी–२० मै १००० छक्का आँकडा



एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबारको म्याचमा राजस्थान रोयल्ससँग सात विकेटले पराजित भएपछि किंग्स इलाभेन पञ्जाबको प्लेअफ यात्रा कमजोर बनेको छ ।

पञ्जाबका लागि ८ छक्कासहित ९९ रन जोडेका क्रिस हेनरी गेलले भने टी–२० क्रिकेट इतिहासमा अर्को कीर्तिमान बनाएका छन् । अबुधाबीस्थित शेख जायद रंगशालामा राजस्थानविरुद्ध सातौं छक्का प्रहार गरेपछि गेल टी–२० इतिहासमा १००० छक्का प्रहार गर्ने पहिलो खेलाडी बने ।

४१ वर्षीय जमैकनको नाममा १००१ छक्का दर्ता भएको छ । त्यसमध्ये ३४९ छक्का आईपीएलमा प्रहार गरेका हुन् । यो संख्या आईपीएल इतिहासको पनि कीर्तिमान हो । गेलले सीपीएलमा १६२, बीपीएलमा १३२ र टी–२० विश्वकपमा ६० छक्का हानेका छन् ।

आईएपीएलमा एउटै म्याचमा सर्वाधिक रन जोडेको कीर्तिमान पनि उनकै नाममा छ । सन् २०१३ मा गेलले १७ छक्का र १३ चौका सहित ६६ बलमा १७५ रन बनाएका थिए ।

टी–२० मा गेलपछि सर्वाधिक ६९० छक्का किरोन पोलार्ड र ४८५ छक्का ब्रेनडोन म्याक्लुमले प्रहार गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  ८ : २७ बजे