६ असार २०८३, शनिबार | Sat Jun 20 2026

२ लाख ५१ हजार सहित कैलालीबाट २९ जुवाडे पक्राउ



काठमाडौं ।

कैलालीबाट प्रहरीले २९ जना जुवाडेलाई पक्राउ गरेको छ। जोशीपुर गाउँपालिका १ स्याउले बजारका यज्ञबहादुर विष्टको घरमा जुवा खेलिरहेका उनीहरूलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो।

शनिबार बिहान करिब सुदूरपश्चिम प्रदेश प्रहरी र कैलाली प्रहरीको टोलीले २ लाख ५१ हजार ४०० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पदमबहादुर साउद, बीरराम डंगौरा, चक्रबहादुर विष्ट, चन्द्रप्रकाश चौधरी, प्रेमसिंह बम, दिपेन्द्र मौनी, सागर चौधरी, विनोदकुमार केसी, ज्ञानबहादुर बम, रामअवतार चौधरी, गंगालाल चौधरी, बरातीलाल डंगौरा, रामबहादुर साउद, जञ्जिर चौधरी, सञ्जय चौधरी छन्।

यस्तै, अर्जुन चौधरी, ठग्गुप्रसाद डंगौरा, तारा हमाल, यज्ञबहादुर विष्ट, दीर्घराज जोशी, देवराज उपाध्याय, विमलकुमार चौधरी, सुदन साउद, टेतराम चौधरी, सन्तोष हमाल, शिवराज बिनाडी, प्रकाश कोटकेनी, भीमबहादुर बम र विनायक चौधरी छन्। उनीहरूलाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  ११ : ४७ बजे