७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

रूपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु



बुटवल ।

बुटवल १० रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ४५ वर्षीय पुरुष र भैरहवा भिम अस्पतालमा ५६ वर्षीय महिलाको मृत्यु भएको हो। उनीहरूको १५ मिनेटको फरकमा मृत्यु भएको हो ।

भिम अस्पतालमा भर्ना भएकी सैनामैनाकी ५६ वर्षिया महिलाको बिहान ६ स् २० मा मृत्यु भएको हो। कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि १९ गते उनलाई भिम अस्पतालमा भर्ना गरिएको थियो। मृतक महिलामा मधुमेहको समेत समस्या रहेको अस्पतालका सुचना अधिकृत डा नारायण पोखरेलले जानकारी दिए।

त्यस्तै बुटवल १७ का ४५ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो। योसँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८१ पुगेको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७७ सोमबार ००:००  १ : ३४ बजे