कपिलवस्तुमा ढेड लाख बढीका पटाका बरामद गरी नष्ट


मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका बिभिन्न नाकामा तिहारलाई लक्षित गरी भित्राइएका ढेड लाख बढी मूल्यका पटाका बरामद गरिएको छ ।

सिमा क्षेत्रमा रहेका प्रहरी युनिटले चेकजाचका क्रममा सो पटाका बरामद गरेको हो । लुकिछिपी बिभिन्न नाकाबाट भित्राइएका पटाका बरामद गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

६७ हजारको झिरझिरे, ३० हजारको भुईचम्पा, आतिजबाजी ३१ हजार आलु बम २१ हजार गरी कुल ढेड लाख बढी मूल्यका पटाका बरामद गरिएको थियो ।

बरामद पटाकालाई तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा पत्रकार सम्मलेन पछि गाडेर नष्ट गरिएको थियो । बढी नामा पाउने भएकाले ब्यापारीहरुले बिशेष गरी तिहारको समयमा चोर नाकाबाट पटाका भित्राउने गरेका छन ।

यसैबीच कपिलवस्तुको महाराजगंज नगरपालिकाको हर्दौना बिओपी पोस्टले २० हजार मुल्यको पटाका बरामद गरेको छ । बरामद गरेको पटाका पत्रकारहरुको राहोबरमा गाडेर नष्ट गरिएको बिओपीको प्रहरी निरीक्षक अशोक अधिकारीले बताए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस