२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु



काठमाडौं ।
बितेको २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सोही समयावधिमा २८ सय ७८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ११२ पिसिआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २ मंसिर २०७७ मंगलबार ००:००  ४ : १३ बजे