११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

प्रचण्डको प्रस्तावविरुद्ध ओलीले पनि प्रस्ताव पेस गर्ने



काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब २ घण्टा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने जानकारी गराएका छन्।

नेकपाको सचिवालय बैठक आगामी मंसिर १३ गते बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। मंसिर १८ गते स्थायी कमिटि र २५ गते केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय भएको छ। अब बस्ने सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावको विरुद्ध अध्यक्ष ओलीले पनि राजनीतिक प्रतिवेदन पेश गर्ने प्रवक्ता श्रेष्ठले बताएका छन्।

प्रकाशित मिति : ३ मंसिर २०७७ बुधबार ००:००  ४ : २६ बजे