२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

झडपमा बेपत्ता भएका एक युवाको शव फेला



बर्दिया ।

बर्दियाको बबई नदी किनारमा वनभोज खान गएका दुई समूहबिच भएको झडपमा परी बेपत्ता भएका एक युवकको शव फेला परेको छ। बबई नदी किनारमा वनभोज खान गएका दुई समूह बिच भएको झडपमा घाइते भएका बारबर्दियाका २६ बर्षिय बिष्णु रनपाल परियारको शव भेटिएको प्रहरीले जनाएको छ।

उनको शव हिजो साँझ बबई नदीको नहर चाइना गेट नजिकै फेला परेको ईलाका प्रहरी कार्यलय भुरिगाउँका प्रहरी निरिक्षक कबिराज रोकायले जानकारी दिए। ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाबाट बबई नदी किनारमा वनभोज खान गएका समूह बिच विवादपछि बुधबार झडप भएको थियो।

प्रकाशित मिति : ५ मंसिर २०७७ शुक्रबार ००:००  ४ : २७ बजे