१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरोनाबाट कपिलवस्तुकी थप एक महिलाको मृत्यु, जिल्लामा मृतकको संख्या २१ पुग्यो



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुकी थप एक महिलाको कोरोनाको कारण ज्यान गएको छ । शिवराज नगरपालिका चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनु भयो ।
कोरोना संक्रमण पुष्टी भएपछि दुई दिनसम्म उनी होम आइसोलेसनमै बसेकी थिइन् । यससंगै कपिलवस्तुमा कोरोनाको कारण अहिलेसम्म २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै रुपन्देहीकी अर्की महिलाको पनिकोरोनाका कारण ज्यान गएको छ । कारोना उपचारको क्रममा बुटवल–७ की ५३ वर्षीया महिलाको गयराति नै कोरोना अस्पतालमा मृत्यु भएको हो ।

मंसिर ११ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकी बुटवलकी महिला मंसिर १३ गते अस्पताल भर्ना भएकीमा सोमबार दिउँसो मृत्यु भएको डा. गौतमले बताउनु भयो । उनी मधुमेहको दीर्घ रोगी थिइन् ।

निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२१ पुगेको छ भने लुम्बिनी प्रदेशमा २९२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  १० : ०९ बजे