१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको अनुरोध



काठमाडौँ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय काठमाडौंमा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ । भीडभाडजन्य गतिविभि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रशासनको अनुरोधविपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय काठमाडौंलगायत मुलुकका विभिन्न जिल्लामा विभिन्न माग राखेर केही समूहले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  १ : १० बजे