७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अर्घाखाँचीमा आगो ताप्दा एक वृद्धाको मृत्यु



अर्घाखाँची ।

अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ । पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो ।

घरमा एकलै बसोबास गदै आएका उहाँलाई आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको थियो । घरमा एकलै भएकाले समयमै उद्वार हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७ बुधबार ००:००  ७ : २५ बजे