२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

यसवर्ष श्लेषमान्तक वनमा शतबीज छर्न नपाइने



काठमाण्डौँ ।
यसवर्ष श्लेषमान्तक वनमा शतबीज छर्न नपाइने भएको छ। कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेकोले शतबीज छर्न तथा महाद्वीप बाल्न यसपटक नदिइने भएको हो।

पशुपति क्षेत्र विकास कोषले गत वर्षहरूमा जस्तो शतबीज छर्न आउनेका लागि गर्ने व्यवस्थापन यसपटक गर्ने छैन।

श्लेषमान्तक वन, मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गरिन्छ। आफन्त गुमाएकाहरूले श्लेषमान्तकलगायत ठाउँमा शतबीज छर्ने प्रचलन छ।

पशुपति क्षेत्र विकास कोषले पनि यसवर्ष कोरोना महामारीको जोखिम रहेकोले भिडभाड हुने गरी शतबीज छर्न नदिइने बताएको छ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गर्थे। पशुपति मन्दिर भने पुस १ गतेदेखि पूजापाठका लागि खुल्ला गर्न लागिएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७७ बुधबार ००:००  ८ : ११ बजे