१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फरक क्षमता भएका ब्यक्तिलाई नास्ता पसल संचालनका लागि गरियो सहयोग



मायादेवी अनलाइन, तौलिहवा ।
अपाङ्गता दिवसको अवसर पारेर कपिलवस्तु नगरपालिका– ११ सेल्फी चोकस्थित एक फरक क्षमता भएका ब्यक्तिलाई नास्ता पसल संचालनका लागि सहयोग गरिएको छ ।

लिडो नामक संस्थाले कतार च्यारेटीको आर्थिक सहयोगमा आयआर्जनका लागि स्थानीय मोहम्मद इनिफलाई सो सहयोग गरेको हो ।

सो संस्थाको १ लाख ७० हजार बढीको सहयोगमा उनले नास्ता पसल बिहीवारबाट सुरु गरेका हुन् । लिडोका अध्यक्ष तथा सांसद अतहर कमाल र कतार च्यारेटीका राष्ट्रिय ब्यवस्थापक इर्साद अली शेषले सो पसलको बिहीवार रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरे ।

बिपन्न परिवारलाई आयआर्जनमा सहयोग गर्नका लागि आयआर्जनका लागि साना तथा मझौला ब्यवसाय विकास परियोजना अन्तर्गत उनलाई सयहयोग गरिएको अध्यक्ष कमालले बताए । बिपन्न परिवारलाई पसलले आयआर्जनमा सहयोग गर्ने उनले बताए ।

राष्ट्रिय ब्यवस्थापक शेषले कतार च्यारेटीले गरिब र बिपन्न परिवारलाई लक्षित गरी देशका बिभिन्न स्थानमा यस्तो सहयोग गरेको बताए । उनले सो परियोजना अन्तर्गत गरिब बिपन्नलाई सहयोग जारी रहने बताए ।

लिडोकी ब्यवस्थापक सुनिता बेल्बासेले यस बर्ष ६ बिपन्न परिवारलाई नास्ता र किराना पसल संचालनका लागि संस्थाले सहयोग गरेको बताईन । लिडोको सहयोगमा नास्ता पसल खोलेका मोहम्मद ईनिफले अब आफ्नो ७ जनाको परिवार चलाउन गाह्रो नहुने बताए ।

यस अघि सोही चोकमा खुला सडकमा अन्डा बचेर परिवारको गुजारा चलाउँदै आएका थिए । ‘म जस्तो बिपन्न परिवारलाई संस्थाले आयआर्जनको आधार दिएको छ, यसले मेरो परिवार अब राम्ररी चल्छ’ उनले भने ।

प्रकाशित मिति : १८ मंसिर २०७७ बिहिबार ००:००  ९ : ४७ बजे