१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख नाघ्यो, मृतक १ लाख ३९ हजार बढी



एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा ४४५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३९ हजार १०२ पुगेको छ ।

यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९५ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार ९४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ६४ हजार ५६५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९० लाख ८ हजार २४७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ७ : ३८ बजे