२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

भन्सार छलेर नेपाल ल्याइएका सामान कृष्णनगरबाट बरामद



मायादेवी अनलाइन, कृष्णनगर ।
भन्सार छलेर नेपाल ल्याइएका अवैध सामान कपिलवस्तुको कृष्णनगरबाट बरामद गरिएको छ । इलाका प्रहरी कृष्णनगर मताहतमा रहेको अस्थायी प्रहरी पोष्ट सुरक्षा जाँच चौकी (लिंक गेट) इन्चार्ज प्रहरी नायव निरिक्षक रेशम बहादुर जि.सी. को कमाण्डमा खटिएको डिउटी टोलीले उक्त अबैध समान बरामद गरेको हो ।

सामान बरामद गरिए पनि मान्छे भने प्रहरीलाई देख्न साथ सामान छाडेर पुनः भारततर्फ भागेको जनाइएको छ । बरामद गरिएको सामान रिमोटद्वारा चल्ने खेलौना र अरु छन् ।

अनुमानित ५९ हजार बढी मूल्यका उक्त सामानलाई आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार चलान गरिएको जनाइएको छ ।

कृष्णनगर प्रहरी अवैध कृयाकलाप रोक्न सक्रिय रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेलले बताउनुभयो । उक्त कामका लागि विभिन्न सरोकारवालासंग छलफल भैरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २२ मंसिर २०७७ सोमबार ००:००  ३ : १४ बजे