३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

यस्तो पो सरकार ! कम्बोडियाले सबै जनतालाई कोरोना खोप निशुल्क दिने



एजेन्सी ।
कम्बोडियाका सबै जनतालाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क हुने भएको छ । प्रधानमन्त्री हुन सेनले सबै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने सोमबार जानकारी दिए।

आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरूसँग परामर्श गर्न पनि निर्देशन दिएका छन्।

त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सबै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।

पहिलो चरणमा उच्च जोखिममा रहेका जनतालाई लगाउनेगरी १० लाख खोप ल्याउने योजना बनाइएको जानकारी उनले दिए।

एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उनले उल्लेख गरेका छन्।

दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ।

दक्षिण एसियाली यस मुलुकमा अहिलेसम्म ३४८ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने ३०६ जना सङ्क्रमणमुक्त भइसकेका छन्।

अघिल्लो वर्षको जनवरीदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाका कारण कसैको मृत्यु भएको पुष्टि भएको छैन।

प्रकाशित मिति : २३ मंसिर २०७७ मंगलबार ००:००  ७ : १४ बजे