३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

आजको मौसमः देशभर आंशिकदेखि सामान्य बदली हुने



काठमाडौँ ।
देशका पहाडीसहितका विभिन्न स्थानको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली रहेको र त्यसको केही प्रभाव नेपाल पनि परेको मौसमविदले बताएका छन् ।

अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अरु स्थानमा मौसम सामान्यतय सफा छ ।

मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली हुनेछ ।

अरु स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७७ मंगलबार ००:००  ७ : ४७ बजे