३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

तीन दिनको मौसम पूर्वानुमान यस्तो छ



काठमाडौं ।

न्यून चापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ।

दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भू- भागको मौसम अझै तीन दिन प्रभावित हुनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने बताए। हाल प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू- भाग तथा प्रदेश नं २ मा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका भू भागमा अपराह्न आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सफा हुने विभागले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस छ । त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

मंसिर २४ गते बुधबार

दिउँसोः प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागहरूमा आंशिक बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंसिर २५ गते बिहिबार

दिउँसोः प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र प्रदेश न २ मा आंशिक बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर २६ गते शुक्रबार

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पश्चिमी र मध्य उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्कारफाटफुट वर्षाको सम्भावना समेत रहेको छ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २४ मंसिर २०७७ बुधबार ००:००  १ : २७ बजे