६ असार २०८३, शनिबार | Sun Jun 21 2026

प्रचण्ड-नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्। प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो। पाण्डेलाई केहीबेरमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।

महासचिवका लागि पाण्डेसहित भीम रावल र जनार्दन शर्मा पनि आकांक्षी देखिएका थिए। तीमध्ये पाण्डेलाई महासचिव बनाउने सहमति जुटेको हो। पाण्डे तत्कालीन एमालेको महाधिवेशनमा महासचिवमा पराजित भएका थिए।

प्रधानमन्त्री केपी ओली पक्षका महासचिव भने विष्णु पौडल छन्। प्रचण्ड–नेपाल पक्षको आज बस्ने केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्नेछ।

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  ११ : ३६ बजे