६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

अनुहारमा चायापोतो छ ? यसो गरे हट्छ



एजेन्सी ।
सुन्दर अनुहार भएका मानिसलाई पनि कतिपय अवस्थामा चायापोतोको समस्याले निकै नै सताउँछ । मानिस यसको उपचारका लागि घरेलु जडीबुटीदेखि बजारमा चलेका अनेकौँ क्रिमको पछाडि दौडन्छन् । अनुहारमा चायापोतो आउनुका विशेष गरि तीन चार कारण छन् ।

सबैभन्दा पहिलो सामान्य तर प्रमुख कारण घाम हो । अर्को कारणमा गर्भावस्थामा पनि चायापोतो आउँछ जससलाई कोलाज्मा भनिन्छ । अन्य कारणले आउने चाँया पोतोलाई मेलाज्मा भनिन्छ । हर्मोनको प्रयोग र शरीर भित्रका कमजोरीले पनि चाँया पोतो आउँने गरेको अध्ययनले पुष्टि गरिसकेको छ ।

महिलाहरुमा गर्भनिरोधक चक्की पिल्स, नरप्लान्ट वा कन्ट्रासेप्टहरूको प्रयोगले चाँया पोतो आउने हुन्छ। चायापोतोबाट बच्नको लागि सर्वप्रथम अनुहारलाई घामबाट बचाउन सक्नुपर्छ ।

महिलामा विशेष कारणहरु जस्तै महिनावारी रोकिने बेलामा बढी हर्मोनको अन्तर भएर आउँछ । त्यही समयमा चाँयाहरु आउन सक्छ । त्यसैगरी पाठेघरको समस्याले गर्दा पनि चाँया आउँछ ।

तसर्थ चायापोतोको कारण पत्ता लगाएर त्यसको उपचार गरेमा अनुहारमा आउने चायापोतोलाई रोक्न सकिन्छ । चाया हटाउने उपाय विभिन्न छन् । औषधिको प्रयोग, केमिकल पिलिङ्ग र लेजर प्रविधिबाट चाँयालाई हटाउन सकिन्छ ।

भित्री छालाको पत्रमा हुने चाँया र माथिल्लो पत्रमा हुने चाँया गरि यी दुई प्रकारको हुन्छ । छालाको माथिल्लो पत्रमा हुने चाँया सजिलै औषधिहरूबाट निको हुन्छ तर छालाको तल्लो पत्रमा हुने चाँया औषधिबाट निको हुन समय लाग्छ । यसको लागि लेजर प्रविधि अपनाउनु पर्छ। यसका साथै सन ब्लकको प्रयोग पनि चाँयाबाट बच्न सकिने उत्तम उपाय हो ।

क्रिम लगाउने तरिका

घामबाट अनुहारलाई जोगाउन क्रिम लगाउने भन्न सजिलो छ तर यो अप्ठेरो कुरा हो । घामबाट जोगाउने क्रिमहरूमा एसियन स्किनको लागि साधारणतया १५–३० नम्बरका क्रिमहरू पाइन्छन् ।

धेरै गोरो छाला छ भने, ४०–५० नम्बरको र धेरै कालो छालाको लागि १५ वा ८ नम्बरको क्रिम प्रयोग गर्नुपर्छ । साथै चिल्लो छाला भएकाहरूले चिल्लो नभएको सन ब्लकको प्रयोग गर्नुपर्छ र यदि सुख्खा छाला छ भने चिल्लो भएको सन ब्लक प्रयोग गर्नुपर्छ । तर पनि यस प्रकारका क्रिम लगाउने तरिका मुख्य कुरा हो ।

बाहिर ननिस्किएपनि वा घाम नै नलागेको दिन भए पनि बिहान सन ब्लक क्रिम लगाउन जरुरी छ जुन ४–५ घण्टाको लागि काम गर्छ। यदि बाहिर जानु प¥यो वा घाममा हिँड्नु प¥यो भने त्यसमा अरु ५ एमएल लगाउनु पर्छ ।

विधि पु¥याएर सन ब्लक लगाउन सकिएन भने घामबाट बच्न सकिँदैन र फेरि चाँया आउछ । कुनै पनि संसारको औषधिले चाँया आउने रोक्न सक्दैन तर भएको चाँया हटाउन सक्छ यदि घामबाट अनुहारलाई जोगाउने क्रिम लगाउन सकेमा ।

प्रकाशित मिति : १० पुस २०७७ शुक्रबार ००:००  ९ : ०३ बजे