१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

जुलुसपछि प्रचण्ड–माधव समूहका नेताहरु निर्वाचन आयोग पुगे



काठमाडौं ।

नेकपा प्रचण्ड–माधव समूहका नेताहरु निर्वाचन आयोग गएका छन् । प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट जुलस सुरु भएको थियो । जमलमा प्रहरीले जुलुसलाई रोकेको छ ।

निर्वाचन आयोग परिसर क्षेत्रमा निषेधित क्षेत्र भएको भन्दै प्रहरीले रोकेको हो । त्यसपछि प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु मात्र आयोग पुगेका छन् ।

प्रकाशित मिति : १० पुस २०७७ शुक्रबार ००:००  १२ : ३८ बजे