२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

आज नेकपा कपिलवस्तुले गोरुसिंगेमा जिल्लास्तरीय भेला गर्दै



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले आज गोरुसिंगेमा जिल्लास्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले एकलौटी तवरले प्रतिनिधि सभा विघटन गरेपश्चात आगामी दिनमा पार्टीले अपनाउने रणनीति तय गर्न नेकपाले कार्यकर्ता भेलाको आयोजना गरेको हो ।

आज हुने भेला पार्टीको आधिकारीक रहेको भन्दै भेलामा सहभागीता जनाउन नेकपाका जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ ले आग्रह गर्नुभयो ।

आइतबार विहान रेडियो मायादेवीसंग अन्तर्वार्ता दिदैं सचिव शाहले नेकपाबाट चोइटिएर गएको समूहले आजको भोलिबारे विभिन्न भ्रम पैदा गर्न सक्ने तर्फ इंकित गर्दै त्यस तर्फ सचेत रहेर भेलामा उपस्थित हुन आग्रह गर्नुभयो ।

विहान ११ बजे सुरु हुने भेलामा पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल (बलदेव), केन्द्रिय सदस्य दोय डोरप्रसाद उपाध्याय, गिरधारीलाल न्यौपाने, नेता तथा प्रदेश सांसद विष्णु पन्थी लगायतका नेताहरुले सम्बोधन गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १२ पुस २०७७ आइतबार ००:००  ७ : ०८ बजे