७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

राजनीतिक अस्थिरता निम्तिने खतरा बढ्योः बालकृष्ण खाँण



रुपन्देही ।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध पार्टीले खबरदारी गरिरहेको बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पार्टी संसदीय दलका निवर्तमान प्रमुख सचेतक खाँणले प्रतिनिधिसभा विघटनबारे अदालतमा विचाराधीन मुद्दाको निर्णयको प्रतिक्षामा रहेको बताउँदै यस विषयमा अदालतलाई धेरै दवाव दिनु उचित नहुने धारणा राखे । “अदालतको निर्णयपछि हामी उपयुक्त निर्णय लिन्छौँ, अहिले पर्ख र हेरको अवस्थामा छौँ, तर हामीले प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक भनेका छौँ”, नेता खाँणले भने । पूर्वमन्त्री खाँणले प्रतिनिधिसभा विघटनबारे पार्टीमा ठूलो मतभेद नरहेको जनाउँदै संसदीय राजनीतिक अभ्यासमा अपनत्व र अभिभावकत्व प्रदान गर्ने तरिकाले पार्टी अघि बढेको धारणा राखे । रासस

प्रकाशित मिति : १४ पुस २०७७ मंगलबार ००:००  २ : ५६ बजे