१८ बैशाख २०८१, मंगलबार | Wed May 1 2024

वन उपभोक्ताको कपिलवस्तुमा यातायात बन्द सकियो, झण्डै झडप भएन !



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा वन उपभोक्ताले गरेको यातायात बन्द सकिएको छ । सरकारले वैज्ञानिक वन ब्यवस्थापन नीति खारेज गर्न लागेको भन्दै विरोध स्वरुप आयोजना गरिएको कपिलवस्तु यातायात बन्द २ घण्टा पछि सकिएको हो ।

बन्द सफल बनाउन भन्दै विहान ११ बजे देखि जिल्ला भरका वन उपभोक्ताहरु महेन्द्र राजमार्ग अन्तर्गत रुपन्देही र कपिलवस्तुको सीमा कोठी नदीमा जम्मा भएका थिए । तर कपिलवस्तु प्रशासनको अवरोध पछि एक बजेसम्म गर्ने भनिएको बन्द पुरा समय हुन सकेन । बन्द कानुन विपरित रहेको भन्दै जिल्ला प्रहरी कार्यलयले बाक्लो संख्यामा प्रहरी परिचालन गरेपछि अवरोध भएको हो ।

यद्यपी वन उपभोक्ताहरुले प्रहरीले आफुहरुमाथि ज्यादती गरेको भन्दै नाराबाजी गरेपछि झडपको स्थिती सिर्जना भएको थियो । तर वन उपभोक्ताहरु संयम भएपछि झडप ट्र्यो । वैज्ञानिक बन व्यवस्थापन सरोकारवाला सञ्जाल कपिलवस्तुकी अध्यक्ष रेनु सेनले प्रहरीले आफुहरु माथि अवरोध गरेकोमा आपत्ति जनाउनुभएको छ ।

जनताको माग लिएर सडकमा जादा प्रहरी आफुहरु माथि निर्मम भएको भन्दै कडा आपत्ती जनाउनुभयो । उहाँले भन्नुभयो,-‘प्रहरीले हामी माथि अपमान जनक ब्यवहार गर्यो । हाम्रो विफल पार्न जिल्लाभरको सुरक्षा कोठिखोलामा परिचालन गर्यो जुन आवश्यक थिएन ।’

आफुहरु अलिकति संयम नभएको भए त्यहाको स्थिती जे पनि हुन सक्ने भन्दै आगामी दिनमा सच्चिन प्रहरीलाई उहाँको आग्रह छ । इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डमा त्यहाँ करिव सय सुरक्षाकर्मी परिचालित थिए । यस अघि पनि प्रहरीले बन्द कानुन विपरित भन्दै असफल पार्ने बताएको थियो ।

सरकारले वैज्ञानिक वन व्यवस्थापनमा लगाएको रोक फिर्ता नलिएको भन्दै उपभोक्ताले चरणवद्ध विरोधका कार्यक्रम गरेका छन् । यस अघि पनि उनीहरुले अस्ति कपिलवस्तुको चन्द्रौटा डिभिजन वन कार्यालय घेराउ समेत गरिसकेका छन् भने पौष १४ गते जिल्ला प्रशासन कार्यलय घेराउ गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७७ बिहिबार ००:००  २ : ४९ बजे