१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

कांग्रेस प्युठान सभापतिमा गिरी निर्वाचित



काठमाडौं ।
नेपाली कांग्रेस प्युठान जिल्ला कार्यसमितिको सभापतिमा विष्णुकुमार गिरी निर्वाचित भएका छन्।

उनी गौमुखी गाउँपालिकाका प्रमुख पनि हुन्।

उनले प्रतिस्पर्धी शिवराज रिजाललाई हराएका थिए। गिरीले पाँच सय ६६ मत ल्याएर सभापति जितेका हुन्।

उनका प्रतिस्पर्धी रिजालले चार सय ९४ मत मात्रै ल्याएका थिए।

सभापति जितेका गिरी संस्थापनइतर समूहका हुन्। उनी गौमुखी गाउँपालिका वडा नम्बर ४ का बासिन्दा हुन्।

प्रकाशित मिति : ८ मंसिर २०७८ बुधबार ००:००  ११ : ०७ बजे