१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बाणगंगा वडा नं ७ का वडाध्यक्ष गिरीलाई छोरो भन्दै ज्येष्ठ नागरिकले अंकमाल गरेपछि !



मायादेवी अनलाइन, चार नम्बर ।
सधैँ लोकप्रिय काम गरेर चर्चामा आउने गरेको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले अर्को जनप्रिय काम गरेको छ । गत बर्ष ज्येष्ठ नागरिकलाई पौष्टिक आहार बाँडेर चर्चामा आएकोमा यस पटक भने वडाले गुणस्तरीय न्यानो सल बाँडेर थप चर्चामा आएको हो । वडामा ७० बर्ष उमेर काटेका २ सय ५० बढी ज्येष्ठ नागरिकलाई न्यानो सल र सोही संख्यामा मास्क वितरण गरिएको थियो ।

No description available.

चिसो मौसम सुरु भएसंगै वडाका मध्यम तथा निम्न बर्गिय बुबाआमामा समस्या रहेको पाइएपछि तथ्याङ्क नै संकलन गरेर सल बाँडिएको वडाले जनाएको छ । जाडो छल्ने बाक्लो सल पाएपछि वृद्धवृद्धा आमाबुबाहरुको खुसी मञ्चमै पोखिएको छ । उहाँहरुले विष्णु गिरी वडाध्यक्ष नभएर आफ्नै छोरोजस्तै भएको भनी मञ्चमै अंकमाल गर्न पुगेका थिए ।

सल वितरणमा सहभागिमध्ये सबैभन्दा ज्येष्ठ ९४ बर्षिया नरकली विक र बर्षिय ९३ घनश्याम खनालले खुसी ब्यक्त गर्दै वडाध्यक्ष गिरीलाई आर्शिबाद दिएका थिए भने कति आमाबुबा मञ्चमै नाच्नु भएको थियो । आफ्नो सन्तानले गर्नेभन्दा बढी माया वडाध्यक्षले दिएको भन्दै उहाँहरुले गिरीलाई आर्शिबाद समेत दिनभएको थियो । यता वडाध्यक्ष विष्णु गिरीले भने जनताको खुसी ठुलो कुरामा नभएर स–साना कुरामा रहेको भन्दै आफुले यस्ता कार्यक्रममा जोड दिएको प्रष्ट्याउनुभयो ।

उहाँले आफू निर्वाचित भएर आएपछि हालसम्म गरेका कामहरुको बारेमा नागरिकलाई जानकारी गराउँदै नगरमा वडा सधैँ उत्कृष्ट भएको सुनाउनु भयो । आफ्नो कार्यकालमा कुनै नागरिकलाई बेखुसी नपार्ने प्रतिवद्धता जनाउँदै गर्नु पर्ने कामका सुचि लिएर कार्यालयमा धाउन पनि वडाबासीलाई उहाँले आग्रह गर्नुभयो ।

No description available.

कार्यक्रममा बोल्ने वक्ताले पनि वडाध्यक्ष विष्णु गिरीको कामको प्रसंसा गरेका छन् । प्रमुख अतिथि संविधान सभा सदस्य बलराम अधिकारीले नगरपालिकामै गिरी नमुना वडाध्यक्ष भएको बताउनु भयो । सरकारको सुखी नेपाली समृद्ध नेपालको नारा सफल बनाउन स्थानीय सरकार आएको भन्दै गिरीजस्तै नागरिकप्रति जिम्मेवार भएर लाग्न अरु जनप्रतिनिधिलाई पनि उहाँले आग्रह गर्नुभयो ।यो सरकार बिभिन्न अवरोध चिरेर अगाडी बढेको भन्दै केन्द्रिय राजनीतिक गतिविधिबाट प्रभावित नभई जनताको काममा थप उत्तरदायी बन्न समेत उहाँले आग्रह गर्नु भएको छ ।

No description available.

नगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीले वडाको काम नौलो नै पाएको सुनाउनु भयो । पछिल्लो समय आमाबुबा र ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा घट्दै गएकोमा वडाले त्यसमा सबैलाई सजग बनाएको बताउनु भयो ।

समाजसेवी नेत्र गिरीले ज्येष्ठ नागरिकप्रति अहिलेका सन्तानको माया घट्दै गएको भनी उहाँहरुको सम्मान गर्न आग्रह गर्नुभयो । जन्मसम्म आमाबुबालाई गर्नुपर्ने उत्तरदायित्वबाट पन्छिने अनि मरेपछि पुण्यको नामम पिण्ड अर्पण गर्ने संस्कार नै गलत भएको उहाँको भनाई छ ।

सामुदायिक रेडियो मायादेवीका स्टेुन म्यानेजर चन्द्रकान्त न्यौपानेले नयाँ पुस्ताले सल वितरण कार्यक्रमलाई विम्बको रुपमा बुझ्दै आमाबुबाप्रति गरिने कर्तबयबाट च्यूत नहुन सबैलाई आग्रह गर्नुभयो ।

वडा सचिव कृष्ण खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा सबै वडा सदस्य, टोलका टोल विकास समिति अध्यक्षहरु, समाजसेवी, बुद्धिजिवी तथा संचारकर्मीको सहभागिता रहेको थियो । अन्य भौतिक पूर्वाधार र विकासका कामको गति पनि तीव्र रुपमा भइरहेको भन्दै लक्षित वर्गका कार्यक्रम पनि अब नरोकिने वडाध्यक्ष गिरीले बताउनु भयो ।

प्रकाशित मिति : १७ पुस २०७७ शुक्रबार ००:००  ६ : २७ बजे