पाल्पा ।
पाल्पा जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका १२ लुहुङ स्थायी ठेगाना भई हाल तानसेन–३ बसन्तपुर बस्दै आएकी अन्दाजी ७० वर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।
अत्यधिक ज्वरो आएर गम्भीर बिरामी भएकी उनलाई गएराति नै तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि लगिएको थियो।
आकस्मिक कक्षमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख जीवन भट्टराइले बताए । उनको शनिबार स्वाब परीक्षणका लागि पाल्पा पिसिआर प्रयोगशाला पठाइएको थियो। रिपोर्ट भने आज बिहान आएको भट्टराइले बताए ।
आजै गौडेपुल नजिकैको जंगलमा उनको शव व्यवस्थापन गरिएको तानसेन –१२ का वडाध्यक्ष देवेन्द्र रानाले बताए । योसँगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ।







प्रतिक्रिया