२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मर्निङवाक वा घर बाहिर शारीरिक व्यायाम नगर्न सरकारको आग्रह



काठमाण्डौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रह गरेको छ।

केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मंगलबार मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं’, मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘घर बाहिर ननिस्कौं निस्कनै पर्ने अवस्था भए मास्कको अनिवार्य प्रयोग गरौं।’

मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउनसमेत भनेको छ ।

सोमबार र मंगलबार वायुको गुणस्तर ४०० एक्युआई मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रहभन्दामाथि पुगेको थियो।

प्रकाशित मिति : २२ पुस २०७७ बुधबार ००:००  ६ : ३० बजे