१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

चितवन राष्ट्रिय निकुञ्जमा ‘केटी’ मृत अवस्थामा फेला



चितवन ।
चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको बच्चा ‘केटी’ मृत अवस्थामा भेटिएको छ। नवलपरको कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा उक्त केटी मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।

करिब २ देखि ३ महिनाको बच्चाको प्राकृतिक कारणबाट मृत्यु भएको अनुमान निकुञ्जले गरेको छ। उक्त केटीको ब्रम्हखाग र खुर सुरक्षित रहेको छ। योसँगै चितवन निकुञ्जमा यस आर्थिक वर्ष भित्र २० वटा गैंडाको मृत्यु भएको अधिकारीले बताए।

प्रकाशित मिति : २६ पुस २०७७ आइतबार ००:००  १० : ०५ बजे