१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वाणगंगाको वडा नं. ७ ले १ सय ७ विद्यार्थीलाई न्यानो कपडा बाँड्यो



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ ले मंगलबार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाको मोतिपुरमा रहेको जनज्योति माविमा कक्षा ११ र १२ मा पढ्ने १०७ विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरिएको हो ।

वडाको बालबालिका लक्षित कार्यक्रम अन्तर्गत न्यानो कपडा बाँडिएको वडाध्यक्ष विष्णु गिरीले मायादेवी अनलाइनसंग बताउनुभयो । उहाँका अनुसार विद्यालयको लोगोसहित न्यानो स्विटर वितरण गरिएको छ ।

गत बर्ष पनि सो वडाले वडाभित्रका ९ सय ७५ जना विद्यार्थीलाई स्विटर वितरण गरेको थियो ।

आजको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारी, वडाका जनप्रतिनिधि र टोल विकास समितिका पदाधिकारी सहभागी थिए ।

कपडा ग्रहण पछि विद्यालयका प्रधानाध्यापक भण्डारीले खुसी व्यक्त गर्नुभयो । बढ्दो जाडोमा नयानो कपडा पाएपछि विद्यार्थी पनि खुसी भएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७७ मंगलबार ००:००  ७ : २४ बजे