अर्घाखाँचीमा बस दुर्घटनाः सबै घाईतेको नामावलीसहित


बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । शितगंगा १३ सिमलपानीको छेडाबाट कपिलवस्तुको बैरिया जाँदै गरेको लु १ ख ७८१४ नम्बरको यात्रु बाहक बस सिमलपानी छेडा बजारदेखी डेढ किलोमिटर माँझ गाउँ नजिकै दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा अर्घाखाँची शितगंगा १३ का २१ बर्षीय नेत्र बहादुर बिसी, सोही ठाँउका ६० बर्षीया दिलसरी बिसी, २० बर्षीय निरज बिसी, ३८ बर्षीय दधिराम बिसी, २५ बर्षीय बाबुराम बिसी, ५७ बर्षीय शेर बहादुर भाटक्षेत्री घाईते हुनुभएको छ ।

यस्तै शितगंगा १४ बौरीका २० बर्षीया अनिता न्यौपाने र उहाँको २ बर्षीया छोरी आयुषा न्यौपाने घाईते हुनुभएको छ ।

यस्तै दुर्घटनामा परी बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका ५ का ५५ बर्षीय मनभर थारू, सोही ठाउँका २१ बर्षीय गोबिन्द प्रसाद भुजुवा, २० बर्षीय संजय चौधरी, ३५ बर्षीय टेक बहादुर बुढामगर र २९ बर्षीय जुमन चौधरी घाईते भएको सिमलपानी प्रहरी ईन्चार्ज टेक बहादुर ठाडामगरले बताउनुभयो ।

ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित हुदा सडकबाट करिव २० मिटर तल खसि दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते १३ जनालाई थप उपचारका लागि भैरहवा मेडिकल लगिएको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ ।

र यो पनि…सिमलपानीबाट कपिलवस्तुको वैरिया आउँदै गरेको यात्रुबस खस्यो

सिमलपानी दुर्घटना अपडेटः ३ जनाको अवस्था गम्भिर

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस