सिमलपानीबाट कपिलवस्तुको वैरिया आउँदै गरेको यात्रुबस खस्यो


मायादेवी अनलाइन, चार नम्बर ।
अर्घाखाँचीको शितगंगा नगरपालिका सिमलपानीबाट कपिलवस्तुको लागि छुटेको बस खसेको छ । लु १ ख ७८१४ नम्बरको बस विहान ८ः ३० बजे कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ वैरियाको लागि छुटेकोमा आज विहान भिरालो सडकबाट खसेको हो । बस करिब १० बजेको समयमा खसेको मायादेवीलाई स्थानीयले बताएका छन् ।

यस सम्बन्धि पुरा विवरण आउन बाकी छ । चिसो बढेसंगै परेको शितलहरका कारण बाटो बाटो चिप्लो भएपछि ब्रेक लगाउँदा नलागेर दुर्घटना भएको वैरियाबाट स्थानीय मदन न्यौपानेले मायादेवीलाई जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी पुग्ने क्रम जारी छ ।

पछिका अपडेट समाचार

सिमलपानी दुर्घटना अपडेटः ३ जनाको अवस्था गम्भिर

अर्घाखाँचीमा बस दुर्घटनाः सबै घाईतेको नामावलीसहित

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस