१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

अमर बहादुर पुनको सम्झनामा नव प्रभात क्लवको श्रद्धाञ्जली सभा



मायादेवी अनलाइन, जितपुर ।

नव प्रभात युवा क्लव ठाकुरापुरले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । वाणगंगा ४ ठाकुरापुर निकासी स्वर्गिय अमर बहादुर पुनको सम्झनामा आज स्व. पुनकै निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । श्रद्धाञ्जली सभामा बोल्दै क्लवबका अध्यक्ष मिलन चालिसे र सल्लाहकार कमल पुराजुलीले सामाजीक गतिविधिमा सक्रिय ब्यक्तीत्व गुमाउनु पर्दा आफुहरु स्तब्ध भएको बताउनुभएको थियो । क्लवका खेलकुद संयोजक समेत रहेका पुन सहयोगि भावना भएको ब्यक्तीत्व रहेको भन्दै क्लवले सधैव स्मरण गर्ने बताउनुभयो । यसका साथै स्व पुनको स्मृतीमा आगामी दिनमा केहि कार्यक्रम गर्ने निणर्य भएको अध्यक्ष चालिसेले बताउनुभएको छ । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध स्वर्गिय अमर बहादुर पुनको यहि पौष २७ गते निमोनियाको कारण निधन भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७७ शनिबार ००:००  १२ : ४२ बजे