६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

ज्योति विकास बैङले कपिलवस्तु सामुदायिक अस्पताललाई दियो ‘बेवि वार्मर’



मायादेवी अनलाइन, चार नम्बर ।

ज्योति विकास बैंकले कपिलवस्तु सामुदायिक अस्पताललाई शनिबार ‘बेवि वार्मर’ उपलब्ध गराएको छ । राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको बेवि वार्म बैङ्कले सहयोग स्वरुप अस्पताललाई शनिबार प्रदान गरेको हो ।

बैंकका क्षेत्रीय प्रमुख कपिल न्यौपानेले बैकंको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अस्पताललाई वेवी बार्मर दिइएको बताउनु भयो । यो प्रविधि दिइएपछि बालबच्चहरु र तथा सर्वसाधारणको उपचार तथा हेरचाहमा थप सहजता मिल्ने न्यौपानेले विश्वास ब्यक्त गर्नुभयो । सहयोग स्वरुप दिइएका सामग्री एक लाख मुल्य बराबरको रहेको पनि न्यौपानेले बताउन भयो ।

अस्पतालमा अन्य सुविधा भए पनि वेबी वार्मरको थप आवश्यकता बोध गरेपछि यसका लागि बैङ्कसंग पहल गरेको जितपुर शाखाका प्रबन्धक लक्षण केसीले जानकारी दिनुभयो । वेमी बार्मर ग्रहण गरेपछि अस्पतालका अध्यक्ष रामजी सेनले बैङ्कलाई धन्यबाद दिँदै यसको सही सदुपयोग हुने बताउनु भएको छ ।

वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री र । समाजसेवी शक्ति सिहं ठकुरीले अस्पताल विस्तारै थप प्रविधिमय तर गुणस्तरीय बन्दै गएकोमा खुसी ब्यक्त गर्दै यस क्षेत्रका सर्वसाधारण सामान्य उपचारमा बाहिर जानु पर्ने स्थिति नरहेको बताउनु भयो ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राम प्रसाद गैरे, महासचिव पोम नारायण पौडेल, सचिव चेतना अधिकारी, कोषाध्यक्ष रवि काफ्ले, सदस्य बिष्णु थापा, छविलाल नेपाली, अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेल सहभागि थिए ।

प्रकाशित मिति : ४ माघ २०७७ आइतबार ००:००  ७ : ३९ बजे