१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

५ जनाको मृत्यु हुँदा २६६ जना कोरोना संक्रमित भेटिए



काठमाडौं ।
पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ सय जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९५९ पुगेको छ ।

प्रकाशित मिति : ४ माघ २०७७ आइतबार ००:००  ५ : २५ बजे