१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बुद्धभूमि जेसीजको अध्यक्षमा बेदान्तमणी चयन



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि जेसीजको अध्यक्षमा बेदान्तमणी पोख्रेल चयन हुनुभएको छ । जेसीजको दोस्रो शाखा अधिवेशन तथा साधारण सभाबाट बर्ष २०२१ का लागि पोख्रेललाई अध्यक्षमा चयन गरिएको हो ।

जसको कार्यकारिणी उपाध्यक्षमा सुमन खड्का र बाबुराम घिमिरे, उपाध्यक्षमा वसन्त थापा, प्रकाश श्रीपाली, सन्दीप पौडेल र दिपक भुसाल सह–सचिवमा बाबुराम श्रेष्ठ निर्वाचित हुनुभएको छ । २०२० को अध्यक्षमा टंक भुसाल रहनुभएको छ ।

निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथि बुद्धभूमि जेसीजका संस्थापक अध्यक्ष तथा निर्बाचन आयुक्त राजिब खनालले बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा खनालले जेसीहरुले राजनीति भन्दा माथि उठेर कार्य गर्नुपर्ने बताउनुभएको थियो ।

साधारण सभामा संस्थाका महासचिवले वार्षिक प्रतिवेदन, कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

No description available.

प्रकाशित मिति : ४ माघ २०७७ आइतबार ००:००  ९ : ११ बजे