१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

भारतबाट नेपालका लागि कोरोनाविरुद्धको खोप लिएर उड्यो विमान



काठमाडौं ।

भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं पुग्दै छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले केहीबेर अघि खोप नेपालका लागि खोप लिएर एयर इन्डियाको विमान उडेको जनाएका छन्। आज बिहान ११ बजे खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई हस्तान्तरण गरिने छ।

विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ। भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो। अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो।

तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने मन्त्रालयले जनाएको छ। १० देखि १५ दिनमा खोप लगाउन सुरु गर्ने योजना मन्त्रालयको छ।

प्रकाशित मिति : ८ माघ २०७७ बिहिबार ००:००  १२ : ०९ बजे