१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगंगामै सुरु भयो रेविजविरुद्धको खोप सेवा, बुटवल धाउनुपर्ने बाध्यतामा पूणर्विराम



मायादेवी अनलाइन, चार नम्बर ।

रेविजविरुद्धको खोप लगाउन बाहिर धाउनुपर्ने कपिलवस्तुको बाणगंगा नगरबासीको बाध्यतामा पूर्णविराम लागेको छ । नगरपालिकाको वडा नं. २ मा रहेको पिपरा अस्पतालले रेविज बिरुद्धको खोप सेवा सुरु गरेसंगै सो बाध्यता हटेको हो ।

आइतबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख मंगलप्रसाद थारुले सेवाको आरम्भ गर्नुभयो । सेवा सुरु भएसंगै नागरिक पनि खुसी भएका छन् । सेवाको आरम्भ गर्दै नगर प्रमुख थारुले अधिकतम लाभ लिन सर्वसाधारणलाई अनुरोध गर्नुभयो । भुस्याहा कुकुरको टोकाइबाट आतंकित भएका बाणगंगाबासी अब यो सेवा सुरु भएसंगै लाभान्वित हुने उहाँको भनाई छ ।

अहिलेसम्म कपिलवस्तुको हकमा जिल्ला अस्पताल तौलिहवामा मात्र रेविज बिरुद्धको खोप सेवा संचालित थियो । बाणगंगाको सेवाले रुपन्देही र अर्घाखाँची जिल्लाबासीलाई पनि फाइदा हुने उहाँले बताउनु भयो ।

कार्यक्रममा नगरका उप-प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डागी, अस्पतालका डाक्टर रञ्जीता महत्तो लगायतले बोल्दै सेवाको अधिकतम प्रचार हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरुङ, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, वडा नं. १ की वडाअध्यक्ष बाल कुमारी अधिकारी पन्त लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ११ माघ २०७७ आइतबार ००:००  ५ : ०६ बजे