२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

प्रधानमन्त्रीले आज दाङको पुल उद्घाटन गर्दै, प्रचण्डले शिल्यानास गर्दा दाङ बन्द गरिएको थियो



दाङ ।
६ महिनाअघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दाङ जानु हुने भएको छ । चार वर्षअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेको राप्ती नदीको पुल उद्घाटन गर्न भोलि प्रधानमन्त्री केपी शर्मा ओली दाङ जान लाग्नु भएको हो ।

दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल तत्कालिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए।त्यतिबेला प्रचण्ड पुल उद्घाटनका लागि आउँदा तत्कालिन नेकपा एमालेले दाङ बन्दको आव्हान गरेको थियो।
प्रचण्ड दाङ आउँदा खबर संकलनका लागि पुगेका पत्रकारमाथि तत्कालिन नेकपा एकालेका कार्यकर्ताले लमहीमा दुर्व्यवहारसमेत गरेका थिए। तत्कालिन समयमा नेकपा एमाले दाङका इञ्चार्ज मेटमणि चौधरी थिए। उनी दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन्। हाल उनी नेकपा प्रचण्ड(नेपाल समूहका नेकपा केन्द्रीय सदस्य चौधरीले प्रधानमन्त्री ओलीलाई लाज नभएको नेताको संज्ञा दिएका छन्।

प्रकाशित मिति : १२ माघ २०७७ सोमबार ००:००  ८ : ३७ बजे