२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

संविधान च्यातेर निर्वाचन हुनै सक्दैनः घनश्याम भुसाल



बुटवल ।

नेकपा प्रचण्ड-नेपाल समूहका नेता घनश्याम भुसालले पार्टीमा एक तिहाइ भोट नभएको प्रधानमन्त्रीले निर्वाचनमा दुई तिहाइ भोट ल्याउँछु भन्नु हाँस्यास्पद भएको बताएका छन्।
सोमबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको नाटक र नौटंकीबाटै चुनाव हुँदैन भन्ने निश्चित भएको दाबी गरे।

‘संविधान च्यातेर, लोकतन्त्र घाइते र असफल पारेर निर्वाचन हुनै सक्दैन’, उनले भने। भुसालले अहिले सर्वोच्च अदालतमा भइरहेको बहस, संविधान निर्माण गर्दाका तथ्यप्रमाणले पनि संसद जीवितै छ भन्ने पुष्टि भएको बताउँदै ढिलोमा तीन महिनाभित्रै संसद बैठक बस्ने दाबी गरे। नेता भुसालले संविधाको मर्म र भावनामाथि प्रहार गरेर लोकतन्त्र बलियो नहुने बताए।

प्रकाशित मिति : १२ माघ २०७७ सोमबार ००:००  ५ : ५८ बजे