१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तराईमा घाम देख्नै मुश्किल, काठमाण्डौको तापक्रम २‍.८ डिग्री सेल्सियसमा झर्यो



काठमाण्डौ ।
आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसमविद् कुमार नगरकोटीले पश्चिम तराईका केही ठाउँमा केही दिनदेखि घाम नै नदेखिएको उबताउँदै यो महिनाभर यस्तै हुनसक्ने जानकारी दिनुभयो । बाक्लो हुस्सु र कुहिरोको कारण तराईका नागरिकको जनजीवन प्रभावित भएको छ ।
यसैबीच काठमाण्डौको न्यूनतम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो ।
काठमाण्डौको न्यूनतम अझै घट्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । रातको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम घटेको हो ।

यसअघि गएको पुस १६ गते काठमाण्डौको तापक्रम ० दशमलव ८ डिग्री सेल्सियसमा झरेको थियो । त्यसयता बिस्तारै न्यूनतम तापक्रम बढ्दै गएकोमा केही दिनयता फेरि घट्न थालेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

पानी पार्ने शक्तिशाली प्रणाली नेपाल प्रवेश नगरेकाले केही दिन मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । सामान्यतया माघ १५ गतेदेखि गर्मी बढ्दै जाने भए पनि हिउँदे वर्षा नहुँदा मौसम राम्ररी खुल्न सकेको छैन ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ८ : २३ बजे